बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा

२८ जेठ, कास्की । सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।

३१ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेश गर्न गएको हो।

कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको हस्ताक्षरसहित गठबन्धन गएको हो। उनीहरुले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको प्रस्ताव गरेका छन्।

प्रदेश प्रमुखले सरकार गठनका लागि जेठ २९ गते ३ बजेसम्मको समय दिएकी छन्।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment