गणेश लामाको रिहाइको माग राख्दै काभ्रेमा प्रदर्शन


२८ जेठ, काठमाडौं ।  नेपाली कांग्रेस काभ्रेका नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार गणेश लामाको रिहाइको माग गर्दै काभ्रेको बनेपामा प्रदर्शन भएको छ । कांग्रेस काभ्रे र भातृ संगठन नेपाल विद्यार्थी संघ तथा तरुण दलले विरोध प्रदर्शन गरेका हुन् ।

लामालाई पोखराबाट प्रतिशोधपूर्वक पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गरेको कांग्रेस काभ्रेका नेता तथा पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेले बताए । नेपाली कांग्रेस काभ्रेका युवा नेतालाई विनाकारण प्रहरीले पक्राउ गरेको छ । उहाँलाई तुरुन्त निसर्त ससम्मान रिहाइ गर्नुपर्छ ’ पूर्वराज्यमन्त्री वादेले भने, ‘सरकारले यस्तो हर्कत गर्दै जाने र लामालाई रिहाइ नगरे हामी कोभिड–१९ को प्रवाह नगरी कडा प्रतिवादमा सडकमा उत्रनेछौँ ।’

नेता लामालाई अविलम्ब रिहा गर्नुपर्ने नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश बादेले बताए । अविलम्ब रिहाइ नभएमा आफूहरू कडा विरोधमा उत्रने उनको भनाइ छ । बनेपाको दोबाटो, चारदोबाटोमा कांग्रेस कार्यकर्ताहरू प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका थिए । इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment