अवैध लागूऔषध सहित पक्राउ

२८ जेठ, काठमाडौं । सुर्खेत, भेरीगंगा नगरपालिका-५ बबई चेक पोईन्टबाट २ ग्राम १ सय ४० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित वीरेन्द्रनगर नगरपालिका-१० बस्ने २४ वर्षीय मनोज विक लगायत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेका उनीहरुलाई उक्त परिमाणको लागूऔषध र २ वटा स्कुटर सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-२ बाट २ ग्राम ४ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१८ बस्ने ३० वर्षीय अभय सिंह र ३० वर्षीय हरिस बोहोरा रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ आधाभार जंगलबाट ना.१ ह ६५७९ नम्बरको अटोमा रहेको करिब १५ केजी अवैध लागूऔषध गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको उक्त अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले रोक्न खोज्दा भागेपछि पिछा गरेको प्रहरीको मोटरसाइकललाई ठक्कर दिई अटो चालक र अटोमा सवार व्यक्तिहरु फरार भएका थिए ।

अटोबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो । अटोको ठक्करबाट घाइते भएका २ जना प्रहरी कर्माचारीहरु अल्पाईन अस्पताल सिमरामा उपचार पश्चात डिस्चार्ज भएका छन् । फरार अटो चालक र अटोमा सवार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment