सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने

२८ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक ९ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गर्ने भएको छ।

बैंकले असार ६ गतेदेखि ‘९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ४५ कराेड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सो ऋणपत्र खरिदका लागि छिटोमा असार ९ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment