चितुवाको छाला सहित दुई जना पक्राउ

२७ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिका-३ ढल्पामाबाट १ थान चितुवाको छाला सहित सोही नगरपालिका-७ पाँगा बसपार्क बस्ने दार्चुला मार्मा गाउँपालिका-१ घर भएका २३ वर्षीय गिरिजा सिंह ठगुन्ना सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


गोप्य सूचानाको आधारमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment