पाकिस्तानकाे टिभी बहसकाे क्रममा हात हालाहाल (भिडियो)

२७ जेठ, एजेन्सी । पाकिस्तानमा एक टिभीमा समाचार बहसको क्रममा हात हालाहाल भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका नेता फिरदौस आशिक वान र पीपीपी पार्टी नेता अब्दुल कादिर खान मन्डोखेलबीच हात हालाहाल भएको देख्न सकिन्छ ।

घटना पाकिस्तानी न्यूज च्यानल एक्सप्रेस न्यूजको एक कार्यक्रमको दौरान भएको हो । कार्यक्रम प्रस्तोता जावेद चौधरीको ‘कल तक’ भन्ने कार्यक्रममा दुवै नेताहरूलाई भ्रष्टाचार सम्बन्धी छलफलको लागि बोलाइएको थियो ।

बहसमा दुई नेताबीच चर्को बहस भएको थियो । बहसकै क्रममा आवेग संयममा राख्न नसकेपछि हात हालाहाल भएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment