दक्षिण अफ्रिकी महिलाले एकैपटक १० बच्चा जन्माइन्

२७ जेष्ठ, एजेन्सी । दक्षिण अफ्रिकी एक ३७ वर्षीया महिलाले एकै पटकमा १० बच्चा जन्माएकी छिन्। गोसाइमी थामारा सिथोलेले सात छोरा र तीन छोरीको जन्म दिएको बिबिसीले जनाएको छ। उनका पतीलाई उदृढ गर्दै बिबिसीले जनाए अनुसार गर्भवती अवस्थामा जाँच गराउँदा उनको गर्भमा ८ वटा मात्र बच्चा देखिएका थिए।

दक्षिण अफ्रिकाका सरकारी अधिकारीले यसको पुष्टि गरेको बिबिसीले जनाएको छ। ती महिलाले १० बच्चा जन्माएर गिनिज विश्व रेकर्ड कायम गरेकी छिन्। सन २००९ मा अमेरिकामा एक महिलाले एकै पटक आठ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी