परीक्षामा पास भएर पनि जागीर पाइएन, नागरिकता नहुँदाका पीडा


२७ जेष्ठ, काठमाडौँ । धनुषा जिल्ला गणेशमान नगरपालिका निवासी इन्द्रजित साफीले बिटेक इन्जिनियर उत्तीर्ण गरेर पनि कुनै रोजगारीसँग जोडिन पाउनुभएको छैन । उहाँले विभिन्न कार्यालयमा पुगेर रोजगारीका लागि आवेदन दिनुभयो र अन्तर्वार्तामा उत्तीर्ण पनि हुनुभयो तर जागिरका लागि अत्यावश्यक नागरिकता नहुँदा काम गर्न पाउनुभएन ।

बुवाको नागरिकता जन्मसिद्धको छ, आमाको वंशज नै भए पनि उहाँले अहिलेसम्म नागरिकता पाउन सक्नुभएको छैन । परिवारमा उहाँसहित पाँच दाजुभाइ, बहिनीहरू नै नागरिकताविहीन हुँदा सबैजना शैक्षिक प्रमाणपत्र लिएर बेरोजगार छन् । परिवारमा शिक्षाका लागि लिएको ऋण १५ लाख रुपियाँ नाघेको उहाँ बताउनुहुन्छ । नेपालमा १२ कक्षा उत्तीर्ण गरी भारत गएर इन्जिनियरिङको पढाइ सकेको करिब पाँच वर्ष भयो, ऋणको ब्याज बढिरहने तर नागरिकता नभई काम नपाइने समस्याले पढेर पनि आमा–बुवामाथि बोझ बन्नुपरेको साफी बताउनुहुन्छ ।

त्यस्तै गोदावरीको झरुवारासी बस्ने रुपक पहारीको बुवाले सानैबेला छोडे, एकल आमाले कक्षा १२ सम्म मजदुरी गरी पढाउनुभयो । नागरिकता बनाउन जाँदा आमाको नामबाट नागरिकता दिन जिल्ला प्रशासन कार्यालयले आनाकानी गरेपछि उहाँ नागरिकताविहीन हुनुभएको छ । दाङ जिल्ला घोराही निवासी मोहमद कैफ फारुखीले पनि नागरिकता नभएर स्नातकको पढाइबाट वञ्चित हुनुपरेको सुनाउनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment