अवैध रुपमा ल्याउँदै गरेको रकम सहित पक्राउ

२६ जेठ, रौतहट । भारतबाट नेपालतर्फ अवैध रुपमा पैठारी गरी ल्याउँदै गरेको नगद ३० लाख ७६ हजार रुपैयाँ सहित २ जनालाई परोहा नगरपालिका-९ रामपुरखापबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँ बस्ने २० वर्षीय सुरज कलवार रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment