अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

२६ जेठ, काठमाडौं । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सडकबाट करिब १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजबिराज नगरपालिका-७ बस्ने २४ वर्षीय कृष्ण कुमार साह र सोही नगरपालिका-१६ बस्ने २५ वर्षीय पंकज यादव रहेका छन् ।

स.१० प ५१०२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


सुनसरी, भोक्रहा नर्सिङ गाउँपालिका-८ सिसुवा धरमपुरस्थित मकै बारीबाट करिब १ सय २ केजी अवैध लागूऔषध गाँजा मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त मकै बारीमा लागूऔषध गाँजा फेला परेको भन्ने सशस्त्र प्रहरी बलको टोलीले खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment