लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको बोनस शेयर नेप्सेमा सुचिकृत

२६ जेठ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको २० लाख १० हजार कित्ता शेयर मंगलवार नेप्सेमा सूचीकृत गराएको हो । 

बुधवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीले यो बोनस शेयर गत फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत गरेको थियो । साधारण सभाबाट पारित गरेको तीन महिनामा कम्पनीले बोनस शेयर सूचीकृत गराएको हो । 

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका बमोजिम वार्षिक साधारण सभा सम्पन्न भएको ३० दिनभित्र नेपाल धितोपत्र बोर्डमा दर्ता गराई दोस्रो बजारमा सूचीकृत गराईसक्नुपर्ने व्यवस्था छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment