युनिफाइड अस्पतालमा निःशुल्क सेवा, एक हप्तामै १५० विरामी भर्ना

२६ जेठ, काठमाडौँ । वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालमा कोरोना संक्रमित विरामी उपचार गराउन आउनेक्रम दैनिक रुपमा बढ्दो छ ।

निफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा।डा जागेश्वर गौतमले कोरोनाका विरामी नयाँ भवनमा उपचारको लागि आउनेक्रम बढिरहेको जानकारी दिनुभयो ।

निःशुल्क खाना र औषधीसहित कोरोना संक्रमित विरामीलाई उपचार सेवा दिएको उहाँले जानकारी दिनुभयो ।

जुन आर्थिक रुपमा कमजोर हुनुहुन्छ, संक्रमण भएर घरखेत बेचेर उपचार गराउन पर्ने डरमा हुनुहुन्छ, उहाँहरु यस वीर अस्पतालको युनिफाइड अस्पताल आउनुहोस् सरकारले निःशुल्क गरिरहेको डा. गौतम बताउनुहुन्छ ।

अक्सिजन सेवा सुविधासहित एक हप्ता अघि सञ्चालनमा आएको यस अस्पतालमा शुरुमा ५० बेड सञ्चालनमा आए पनि अहिले एक सय ५० भन्दा बढी विरामीले उपचार पाइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले विस्तारै बेडको संख्या र आइसीयूलगायत अस्पताललाई आवश्यक पर्ने सामाग्रीहरु थप्दै जान थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकारी गौतमले बताउनुभयो ।

तत्काल एक सय आइसीयू थप गर्न थालेको जानकारी दिँदै अक्सिजन टयाङक र प्लान्ट जडान पनि अबको केही दिनमै हुने भएको छ ।

वीरको अर्को भवनमा उपचाररत कोरोना संक्रमित विरामीलाई पनि नयाँ भवनमा ल्याउने र अरु भवनमा कोरोना बाहेकका विरामीलाई मात्रै उपचार गराउने र यो भवनमा कोरोना संक्रमितको मात्र कोभिड विशेष अस्पतालको रुपमा उपचार गराइनेछ ।
यो समाचार आजको गोरखापत्रमा छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment