सिईडिबी हाइड्रोपावर कम्पनीको शेयर नेप्सेमा सूचिकृत

२५ जेठ, काठमाडौं । सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) ले साधारणलाई निष्काशन गरेको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । नेप्सेले कम्पनी शेयरलाई सिएचडिसी कारोबार संकेत प्रदान गरेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment