सुनको मूल्यमा बृद्धी

२५ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ६ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३५५ पुगेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्:




मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment