अनलाइन व्यवसायलाई निषेधाज्ञामा पनि नरोक्न सर्वोच्चको आदेश

२५ जेठ, काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञामा पनि अनलाइन व्यवसायलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन व्यवसाय नरोक्न आदेश जारी गरेको हो ।

‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ(कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएको छ । यो आदेशसँगै अनलाइन व्यवसाय निषेधाज्ञामा पनि सञ्चालन हुने अवस्था निर्माण भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment