सामाजिक कार्यमा अग्रसर गोकर्णेश्वरका स्थानीय युवाहरु

लक्ष्मण फुयाल

२३ जेठ, काठमाडौं । कोरोना कहरले सवै क्षेत्रलाई आक्रान्त पारेको छ । यस विषम अवस्थामा गोकर्णेश्वर युवा समूहद्वारा कोभिड १९ रोकथामका लागि माक्स तथा सेनिटाइजर वितरणको क्यामपेनिङ सुरु गरेको छन्।

केही दिन आगाडी गोकर्णेश्वर नगरपालिकाको वडा ०८ माकलबारीबाट सुरु भएको कार्य्रमम अहिले गोकर्णेश्वर नगरपालिका भित्रका सवै वडाहरु सञ्चालन गरिने गोकर्णेश्वरका स्थानीय युवा तथा चामुण्डा पूर्व विद्यार्थी मञ्चका सदस्य प्रविन घिमिरे जानकारी दिनुभयो । हामीले वडा ०१,०२,०३ मा माक्स वितरण कार्यक्रम भैसेको भोली वडा ०४ नम्वरमा माक्स तथा सेनिटाइजर वितरणको कार्यक्रम हुने घिमिरेले बताउनु भयो ।

काठमाडौं गोकर्णेश्वर नगरपालिकाका गोकर्णेश्वर युवा समूहको संक्रियतामा विभिन्न स्वास्थ सामाग्रीहरु वितरण क्रमलाई निरन्तरता दिदै आज गोकर्णेश्वर नगरपालिका वडा न.२ का ईकाइ सभापति श्री प्रेम श्रेष्ठ वि.पी संग्रहालयका ब्यबस्थापन उपप्रमुख श्री हेमन्त कुशोर पन्डित , दिपेन्द्र लामा र साथीहरूको उपस्थितिमा मास्क वितरण तथा जनचेतना अभियान सफलताका साथ सम्पन गरेको आयोजक स्थानीय युवा मनोज गोलेले जानकारी दिनुभयो ।

करिव एक हप्ता सम्ममा यस संस्थाका युवाहरुले १० हजार माक्स तथा सेनिटाइजर वितरण गरिसकेको छन। कोरोना कहरको समयमा यस नगरपालिलकका स्थानीय युवाहरुले आफ्नो क्षेत्रमा सामाजिक कार्यकमा अग्रसरता तथा जिम्बेवारी राम्रो संग बहन गर्दैमा सक्रिय भइ सामाजिक सेवामा लागि परेका छन् ।

गोकर्णेश्वर युवा समूहद्वारा कोभिड १९ रोकथामका लागि माक्स तथा सेनिटाइजर वितरणको क्यामपेनिङमा स्थानीय युवाहरु

गोकर्णेश्वर नगरपालिकाका युवाहरुको संक्रियतामा स्वास्थ सामाग्रीहरु वितरण क्रमलाई प्रोत्साहन गर्नुहुदै प्रयाप्त स्वास्थ्य सामाग्रीहरु आफ्नो तर्फबाट सहयोग स्वरुप उपलब्ध गराउन हाम्रो सहयोग अभियान तथा चामुण्डा पूर्व विद्याथी मञ्चका अध्यक्ष कुमार राज सुवेदी,युवा समाजसेवी तथा ब्यवसायी धावा छिरीङ शेर्पा, उज्वल बस्नेत, नारायणटार निवासी सन्जय लामा, रञ्जित तामाङ लगायत परोपकारी व्यक्तिहरुले स्वास्थ्य सामग्री उपल्व्ध गराएको युवा संस्थाका मनोज गोलेले जानकारी दिनुभयो ।

यस सामाजिक कार्यक्रम सहयोगी हातहरु समन्वयमा आज कुमार राज सुवेदीकै समन्वयमा अक्सिजन उपल्व्ध गराउने खाध्यान्न उपलव्ध गराउने लगायत स्वास्थ्य सामाग्री वितरणमा समन्वय गर्नु भएको घिमिरे भन्नुभयो ।

यस सामजिक कार्यबाट स्थानीयहरुले खुसी तथा धन्यबाद दिदा यही कोरोना कहरमा सामजिक कार्यकमा अझै अग्रसर हुन प्रेरणा मिलेको उनले भने । यो कोरोना बिरुद्धको लडाईमा यस क्षेत्रका सवै युवाहरुको अग्रसरता देख्दा मन हर्षित भएको र हामी युवाहरु एकतामा रहेको भान ब्यत गरेका छन् ।

कार्यक्रममा माक्स वितरण संगै नागरिकहरुमा कोरोनाबारे जनचेतना, सचेतना र कोरोनाबाट सतर्क र स्वास्थ्य सावधानी अपनाउन अग्रह गरेको घिमिरेले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (1)
Add Comment