पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षा, आजकाे माैसम जानकारी

२२ जेठ, काठमाडाैँ । आज २०७८ जेठ २२ गते (शनिबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो प्रदेश १ र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment