आज बिहिबार नेप्सेमा उच्च अंकको बृद्धि

२० जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार उच्च अंकको बृद्धि आएको छ । आज नेप्से २९.६४ अंकले बढेर दुई हजार आठ सय ५६ दशमलब ७७ विन्दुमा पुगेको छ ।

आज १६ अर्ब ९० करोड ७० लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये चार वटा समूह बाहेक अन्य समूह बढेका छन् ।

आज ४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा मञ्जुश्री फाइनान्स कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, गुरास फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै, आज पञ्चकन्यामाई हाइड्रोपावर र राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । पञ्चकन्यामाईको शेयरमूल्य आज ५.९२ प्रतिशतले घटेको छ भने राधीको शेयरमूल्य आज ५.०६ प्रतिशतले घटेको छ।

यता, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यस कम्पनीको आज एक अर्ब २ करोड ७० लाख २७ हजार २८७ रुपैयाँको शेयर कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment