आज नेप्से ५५.७६ अंकले बढेर दुई हजार आठ सय २७ दशमलब १३ विन्दुमा

१९ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार उच्च अंकको बृद्धि आएको छ । आज नेप्से ५५.७६ अंकले बढेर दुई हजार आठ सय २७ दशमलब १३ विन्दुमा पुगेको छ ।

आज ११ अर्ब ३५ करोड १८ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये म्यूचुअल फण्ड बाहेक अन्य समूह बढेका छन् ।

आज १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सनिमामाई हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स र गुहेश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी रहेका छन् ।

त्यस्तै, आज आइसीएफसी फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, रिलायन्स फाइनान्स कम्पनी र गुरास फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

त्यसैगरि, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७.२३ प्रतिशतले घटेको छ । यता, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।

यस कम्पनीको आज एक अर्ब ३७ करोड ८७ लाख ९० हजार ६२२ रुपैयाँको शेयर कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्;



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment