लगातार दोस्रो दिन पनि घट्यो सेयर बजार, कारोबार रकम ८ अर्बमा झर्‍याे

१८ जेठ, काठमाडौं । शेयर बजार मापक सूचक नेप्से जेठ २४ गते हालसम्मकै उच्च २८२३ बिन्दुमा पुगेर क्रमश वियरिस ट्रेण्डमा झरेको बजारमा कारोबार रकम घट्दै जान थालेको छ । वित्तीय प्रणालीमा तलरलतामा केही दबाब पर्दा बजारमा केही करेक्शन देखिएपछि यसअघि बुलिस बजारमा बढेर आइतबार १७ अर्ब पुगेको कारोबार रकम मंगलबार साढे ८ अर्बमा खुम्चिएको छ ।

नेप्सेमा केही दिन करेक्शन आएपछि समग्र बजार वियरिसतर्फ झर्नसक्ने अवस्था नरहेकाले फेरि पनि बजार बुलिसतर्फ जाने आंकलन गरेका लगानीकर्ताले घट्दो मूल्यमा आफ्नो लगानी बिक्री गर्न नचाँहदाँ कारोबारमा उच्च गिरावट देखिएको हो ।

लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १२.७१ अंकले घटेर २७७०.१२ अंकमा बन्द भएको छ । लगातर उकालो लागेर जेठ १६ गते आइतबार ऐतिहासिक २८२७.९३ अंकमा बन्द भएको नेप्से सोमबार ४५.०७ अंकले गिरावट भएर २७८२.८६ अंकमा बन्द भएको थियो ।

शनिबार आएको बजेटले १ वर्षभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्तालाई लाभकर बढाएर ७.५ प्रतिशत पुर्‍याएपछि पनि आइतबार ऐतिहासिक १७ अर्बको कारोबार भएको थियो । तर सोमबार हिजो र आज भने बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

सोमबार नेप्सेमा ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९० करोड ९१ लाख १३ हजारको कारोबार भएको थियो । जुन नेप्सेमा कारोबार भएको अहिलेसम्मकै तेस्रो उच्च रकम हो । आज नेप्सेमा १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजारको कारोबार भएको छ ।

नेप्से सँगै ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । सेन्सिटिभ इन्डेक्स ३.६९ अंकले घटेर ४९६.८६ अंकमा बन्द भएको छ । आज नेप्सेमा विकास बैंक, वित्त कम्पनी र अन्य उपसूचक हरियो हुँदा अरू उपसूचक भने घटेको छ । लगातार रूपमा उतारचढाव देखिएको जलविद्युत उपसूचक सर्वाधि घटेको छ ।

आज नेप्सेमा होटेल तथा पर्यटन उपसूचक सवार्धिक २.५९ प्रतिशत र पर्यटन उपसूचक २.१९ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा उपसूचक ०.९७ प्रतिशत र निर्जीवन बिमा उपसूचक ०.८६ प्रतिशत र जलविद्युत उपसूचक ०.९८ प्रतिशतले घटेको छ । यस्तै बजारलाई लिड गर्ने बैकिङ उपसूचक पनि ०.६३ प्रतिशतले घटेको छ ।

यता अन्य उपसूचक ०.७ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.५९ प्रतिशत र वित्त कम्पनी उपसूचक ०.११ प्रतिशतले घटेको छ ।

आज बजारमा कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको ५७ करोड ८ लाख १६ हजारको कारोबार हुँदा लुम्बिनि विकास बैंकको ३० करोड ३८ लाख ५२ हजारको कारोबार भएको छ । त्यस्तै राधि विद्युत कम्पनीको २३ करोड ३५ लाख ५५ हजारको कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ५३ लाख ५३ हजारको कारोबार भएको छ ।

आज कारोबारमा आएको मध्ये कालिका पावरको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा लुम्बिनी विकास बैंकको सेयर मूल्य ८.२५ प्रतिशत, गोर्खाज फाइनान्सको सेयर मूल्य ७.९७ प्रतिशत, समिट लघुवित्तको ७.८७ प्रतिशत र महालक्ष्मी विकास बैंकको ५.४३ प्रतिशतले बढेको छ ।

यता सेयर मूल्य घटेमा भने जलविद्युत कम्पनी अगाडि देखिएका छन् । दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ५.०२ प्रतिशतले घट्दा खानिखोला हाइड्रोपावरको ४.२१ प्रतिशत, जोशी हाइड्रोपावरको ४.१७ प्रतिशत र आँखु खोला जलविद्युत कम्पनीको ४.१२ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये १३० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ४९कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको भने स्थिर रह्यो ।



मल्टिमिडिया ग्यालरी

businessnepalnepseNewsshareshare market
Comments (0)
Add Comment