चौधरी ग्रुपले ल्यायो ‘सीजी नेट’, मुल्यमा सबै भन्दा सस्तो कम्पनीको दाबी

१८ जेष्ठ, काठमाडौं । सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट प्रदायकभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ ल्याएको हो । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।

सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९ सय ९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ ।

सुरुवातमा कम्पनीको सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको सेवा लिन पाउने कम्पनीले जनाएको छ । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताउनसभयो । सीजी कम्युनिकेसन्स चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी हो ।



मल्टिमिडिया ग्यालरी

CG GroupCG NetInternettechnology
Comments (0)
Add Comment