एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाट

१८ जेठ, काठमाडौं । सरकारले यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्याङ्कन विधिबाट लिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले गत वर्षजस्तै यस वर्षपनि आन्तरिक मूल्याङ्कन विधिबाट लिने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षा आन्तरिक मूल्याङ्कन विधिअनुसार गर्ने निर्णय गरेको छ ।

कोरोना महामारी नियन्त्रणमा आइनसकेकोले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा दिँदै मन्त्रालयले आन्तरिक मूल्याङ्कन विधिबाट नतिजा प्रकाशनका लागि प्रस्ताव गरेको थियो।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले पनि वैकल्पिक विधिबाट एसईईको व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarExamSEEStudent
Comments (0)
Add Comment