भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै

१७ जेठ, काठमाडौँ । भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राती साढे ११ बजे बेइजिङ जाँदैछ । चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज भेरोसेल खोप लिन एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ जान लागेको नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो,‘आज राती साढे ११ बजे बेइजिङ जाने र भोली साढे २ बजे ८ लाख डोज खोप लिएर जहाज नेपाल आइपुग्छ ।’ जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डरीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङलेआठ लाख खोप नेपाललाई अनुदानमा दिने घोषणा गर्नुभएको छ ।

आज नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज पठाउने तयारी गरेको निगमका प्रबन्ध निर्देशक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘तत्काल उपलब्ध गराउने ८ लाख डोज खोप र हाम्रो डिपार्टमा तयार रहेको केही सामान छ त्यो पनि ल्याउने हो ।’चीनले नेपाललाइ दिने १० लाख डाेज भेराेसेल खाेप मध्ये दुइ लाख डाेज चीनकाे तिब्बत सरकारका तर्फबाट दिन लागिएकाे हाे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment