ग्यासकाे सिलिन्डर पड्किँदा चितवनमा आमा–छोरा घाइते

१६ जेठ, चितवन । भरतपुर महानगरपालिका १० स्यालीबजारमा खाने पकाउने ग्यासकाे सिलिन्डर पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्यास पड्किँदा ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष घाइते भएका हुन् ।

घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको हाे ।

आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले निभाइएकाे प्रहरीले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

ChitwanDeathFireGas
Comments (0)
Add Comment