भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ६५ हजार सङ्क्रमित, ४६ दिन यताकै सबैभन्दा कम

१६ जेठ, काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ६५ हजार सङ्क्रमितको पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २० लाख ६३ हजार ८३९ नमूना परीक्षण गरिएकोमा एक लाख ६५ हजार ५५३ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । चौबीस घण्टामा थपिएका सङ्क्रमित पछिल्लो ४६ दिन यताकै सबैभन्दा कम हो ।

समाचार संस्था एएनआइका अनुसार चौबीस घण्टामा तीन हजार ४६० सङ्क्रमितले ज्यान गुमाएका छन् । भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट तीन लाख २५ हजार ९७२ जनाको मृत्यु भएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ७८ लाख ९४ हजार ८०० पुगेको छ ।

भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ लख १४ हजार ५०८ छ । पछिल्लो चौबीस घण्टामा मात्रै एक लाख १४ हजारले सक्रिय सङ्क्रमित घटेको छ । सोही अवधिमा दुई लाख ७६ हजार ३०९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ५४ लाख ५४ हजार ३२० जना कोरोनामुक्त भएका छन् ।

भारतमा हालसम्म २१ करोड २० लाख ब्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । पछिल्लो चौबीस घण्टामा भारतमा ३० लाख ३५ हजार ब्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabarhealthHealth MinistryIndiaLIVELockdownnepalNewsPoliticQuarantine
Comments (0)
Add Comment