चिकित्सक, नर्स र स्वास्थ्यकर्मी माथि आक्रमण भएपछि भेरी अस्पतालमा दैनिक २५ प्रहरीको डिउटी

१६ जेठ, दाङ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा शनिबारदेखि २५ जना प्रहरीले दिनहुँ डिउटी गर्ने भएका छन् ।

मृतकका आफन्तले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने क्रम बढ्न थालेपछि प्रहरी नायब निरीक्षक तेजेन्द्र बिसीको कमान्डमा २५ जना प्रहरी सुरक्षाको लागि खटाइएको छ ।

प्रहरी शनिबारदेखि नै अस्पतालमै बस्ने गरी खटाइएको जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।

गएको बिहीबार बेलुका दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ५२ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, लोकराज रावत र भरत रावतलगायतले अस्पतालका चिकित्सक, नर्सहरुमाथि कुटपिट गरेका थिए । उनीहरु तीनैजनालाई प्रहरीले पक्राउ गरी ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा चलाइसकेको छ ।

शनिबारदेखि २५ जना प्रहरी अस्पतालमै बसेर सुरक्षा गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabarhealthHealth MinistryHospitalLIVELockdownnepalNewsPoliticQuarantine
Comments (0)
Add Comment