नहुने चुनावको एमाले घोषणापत्र, बजेटबारे बाबुराम

१६ जेठ, काठमाडाैँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ सालको बजेटबारे प्रतिक्रिया दिँदै उनले नहुने चुनावमा एमालेको घोषणापत्र भएको समेत प्रतिक्रिया दिए ।

नयाँ बजेट सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भनेका छन् : ‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन सिधासादा मतदातालाई ललिपप बॉडेको देखियो।’

उनले पपुलिज्मममा पनि कुनै सिर्जनात्मकता नदेखिएका बताएका छन् । बजेटमा उनै घिसेपिटेका नारा र कार्यक्रममा मात्र भेटिएको बताउँदै उनले भनेका छन्: ‘उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो । एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !’

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Baburam BhattaraiBudgetbusinessCoronavirusCovid-19digital khabarhealthHealth MinistryLIVELockdownnepalNewsPoliticQuarantine
Comments (0)
Add Comment