सिटीको सपना अधुरै, चेल्सीलाई दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि

१६ जेठ, एजेन्सी । लन्डन क्लब चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । पहिलो हाफमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको गोलमा चेल्सीले सिटीलाई १-० ले हरायो ।

पोर्टोमा आयोजित रोमाञ्चक फाइनलमा म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । खेलमा काइ हाभर्टजको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफको ४२ औँ मिनेटमा मेसन माउन्टको पासमा हाभर्टजले सिटीका गोलकिपर एडर्सनलाई छलाउँदै उत्कृष्ट गोल गरे ।

पहिलो पटक प्रतियोगिता जित्ने होडमा रहेको सिटीले प्रिमियर लिगमा जस्तै खेल प्रदर्शन गर्न सकेन । फाइनलमा बोल्ड टीम सेलेक्सन गरेका पेप ग्वार्डिओलाको योजना विफल देखियो । बार्सिलोनाका पूर्व प्रशिक्षकले फर्नान्डिन्हो र रोड्रीलाई बेञ्चमा राख्दै आक्रामक लाइनअपलाई मैदानमा उतारेका थिए । तर, उनीहरुको अनुपस्थितिमा टोलीले मिडफिल्डमा नियन्त्रण जमाउन सकेन ।

यता, गत सिजन पेरिस सेन्ट जर्मेनको नेतृत्व सम्हाल्दा फाइनल गुमाएका थोमल टुकलले भने यो सिजन चेल्सीलाई सन् २०१२ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका छन् । गत जनवरीमा चेल्सीको नेतृत्व सम्हाले यता टुकलले ग्वार्डिओलाको टोलीलाई हराएको यो तेस्रो पटक हो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabarfootballhealthHealth MinistryLIVELockdownnepalNewsPoliticQuarantine
Comments (0)
Add Comment