श्रमजीवि पत्रकारलाई निशुल्क स्वास्थ्य उपचार

१५ जेठ, काठमाडौं। सरकारले श्रमजीवी पत्रकारहरुलाई आगामी आर्थिक बर्षदेखि नेपालका सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ। आगामी आर्थिक बर्षको बजेटमा यस्तो व्यवस्था गरिएको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिएका छन्।

उनकाअनुसार नेपाल पत्रकार महासंघमा सदस्य भएका तथा प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधामा पर्ने श्रमजीवि पत्रकारहरुलाई साउन १ देखि देशभरका सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ।

त्यस्तै श्रमजीवि पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था गर्ने र त्यसको ५० प्रतिशत बीमा प्रिमियम रकम सरकारले ब्योहोरने भएको छ।

कोभिड १९ बाट प्रभावित पत्रकारहरुको लेखनवृत्ति तथा संचारगृह संचालनको लागि पुनर्कर्जा तथा ब्यवसायिक निरन्तरता कर्जाको समेत व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताएका छन्।

त्यस्तै सरकारले छुट्याउने लोककल्याणकारी बिज्ञापन बापतको कुल रकमबाट १० प्रतिशत रकम पत्रकार कल्याण कोषमा जम्मा गर्ने र निजि क्षेत्रलाई पनि उनीहरुको कुल बिज्ञापन खर्चको १० प्रतिशत यस कोषमा राख्नलाई प्रोत्साहन गरिने पौडेलले बताएका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment