गायक आशिष सचिनद्वारा स्वास्थ्य सामाग्री सहयोग

१५ जेठ, काठमाडौं । चीनमा रहेका गायक आशिष सचिनले झण्डै साढे दुई लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले आफूले नेपाल पठाएको सामाग्रीको तस्वीर सामाजिक सञ्जालमा राख्दै ती सामान नेपाल पठाइएको उल्लेख गरेका छन् ।

आशिषले आफ्नो ब्यक्तिगत सहयोगमा २ लाख ५५ हजार ८ सय रुपैया बराबरको स्वास्थ्य सामाग्री नेपाल पठाएको जनाएका छन् । स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सेन्टरेटर, पिपिइ, ग्लोभ्स, मास्कलगायत छन् ।

‘हाल मेरो केही समयको व्यक्तिगत चीन भ्रमणको दौरानमा थोरै भएपनि एक कलाकार र सचेत नागरिकको स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा सारै खुसी महशुस गरेको छु । कोरोनालाई नजिकबाट महसुस गर्न नपाए पनि स्वास्थ्य सामाग्री पठाएर थोरै भएपनि दुःखमा साथ दिने कोशिस गरेको छु’, उनले लेखेका छन् ।

आशिष चीन र नेपालको हवाई यात्रा खुलेसँगै नेपाल आउने तयारीमा छन् । ‘पिरिम नलाउने’, ‘गलबन्दी पछ्यौरी’, ‘उनका पानी बादलु’, ‘एक कान दुई कान मैदान’बोलका गीत लोकप्रिय छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment