सरकारले विद्युतीय सवारी साधनको प्रबर्द्धन गर्ने नीति

१५ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारी साधनको प्रबर्द्धन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेले उक्त जानकारी दिए ।

उनले पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गरे सरकारले नवीकरण शूल्क र मर्मत् सम्भार दस्तुरमा छुट दिइने बताए ।

विद्युतीय सवारीसाधनमा रुपान्तरण भएका सवारीसाधनलाई सरकारले ५ वर्षसम्म नवीकरण शूल्क छूट दिने भएको छ । यस्ता सवारीसाधनलाई सडक मर्मत सम्भार दस्तुर समेत छूट दिइनेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment