खोपका लागि २६ अर्व ७५ करोड रुपयाँ बजेट

१५ जेठ, काठमाडौं। सरकारले कोरोना नियन्त्रण र उपचारको लागी ठुलो लगानी गर्ने भएको हो। खोपका लागि २६ अर्व ७५ करोड रुपयाँ सरकारले छुट्याएको छ। त्यसै गरी कोरोना नियन्त्रण र उपचारको लागि ३७ अर्व ५३ करोड रुपयाँ बजेटमा विनियोजन गरिएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै बताएका हुन्। राष्ट्रपतिद्वारा जारी बजेट अध्यादेश अर्थमन्त्री पौडेलले शनिवार अपराह्न वाचन गरेका हुन्।

कोरोनासँग सम्बन्धित स्वास्थ्य सुविधालाई सहयोग गर्ने थप ४ अर्व समेत सरकारले छुट्याएको छ। यो रकमबाट निजी तथा सामुदायिक अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्दा लागतको ५० प्रतिशत अनुदान समेत दिने सरकारले घोषणा गरेको छ।

उपचारमा संलग्न कर्मचारीलगायतका लागिहरुलाई प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ। कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ छुट्याएको छ। अक्सिजन प्लान्ट स्थापना गर्न चाहने कम्पनीलाई ५० प्रतिशत अनुदान, कर छुट र विद्युतमा ५० प्रतिशत छुट दिने बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

Bishnu PoudelBudgetbusinessCoronavirusCovid-19digital khabarhealthHealth MinistryKP Sharma OliLIVELockdownnepalNewsPoliticQuarantinetechnologyVaccine
Comments (0)
Add Comment