२४ घण्टामा ९८२१ जनाले जिते कोरोना : ६९५१ संक्रमित थपिए

१४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ८ सय २१ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ ।

कोरोनाले मृत्यु हुनेको संख्या सात हजार नाघ्‍यो

त्यसैगरी २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या पाँच लाख ४९ हजार ११९ पुगेको छ । सँगै २४ घण्टामा ९६ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabardigitalkhabar.comhealthHealth MinistryLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment