१५ मिनेटभित्र बहस सक्न अधिवक्तालाई प्रधानन्यायाधीशको रुलिङ

१४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले १५ मिनेटभित्र आफ्नो बहस सक्न कानुन व्यवसायीहरुलाई निर्देशन दिएका छन् । संसद् विघटनविरुद्ध परेका रिटमाथिको बहसमा सहभागी कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीश राणाले यस्तो निर्देशन दिएका हुन्।

शुक्रबार ११ वटा रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

इजलासममा प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ तोकेका छन् । संसद् पुनरस्थापना रविपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तको माग गर्दै ३० वटा मुद्दा सर्वोच्च अदालतमा दायर भएका छन्।

प्रधानमन्त्री ओलीले ६ महिनाको अवधिमा दुई पटक संसद विघटन गरिसकेका छन्। पहिलो पटक गत ५ पुसमा र दोस्रो पटक जेठ ७ गते संसद विघटन गरेका हुन्।संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्चमा दर्जनौं रिटको सुनुवाइ गर्दै पहिलो पटक सर्वोच्चले संसद पुनर्स्थापित गरिदिएको थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCholendra Samser RanaCoronavirusCovid-19digital khabardigitalkhabar.comhealthHigh CourtLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment