नक्साल र सिफल बाल मन्दिरमा आश्रित ४९ जना बालबालिकामा कोरोना पुष्टि

११ जेष्ठ, काठमाडाैं । नेपाल बाल संगठन अन्तर्गतका सिफल र नक्साल बाल मन्दिरमा आश्रित ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । केही बालबालिकामा कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको बाल संगठनले जनाएको छ ।

नक्सालको संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिसकिएको र सिफलका बालबालिकालाई आज साँझसम्म आइसोलेसन सेन्टरमा राखिने तथा अपाङ्गता भएका बालबालिकालाई भने बागडोलमा रहेको अपाङ्गता आइसोलेसन केन्द्रमा राखिएको बाल संगठनले जनाएको छ ।

यसका साथै, नक्साल र सिफलमा कार्यररत १० जना कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment