पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण

१० जेठ, काठमाडौं । नेपालमा थप ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १९ हजार ८४६ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ७ हजार २२० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६०७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २०५ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसको संत्रमण हुनेको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ। हालसम्म ३ लाख ९८ हजार ४८३ जना संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।

देशभर हाल १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा र ७ हजार ३७६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ६९७ जना आईसीयू र ४६७ जना भेन्टिलेसनमा रहेका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १८५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment