एचआईडिसीएलले शतप्रतिशत हकप्रद शेयर निष्कासनको लागि पायो नेपाल धितोपत्र बोर्डबाट अनुमति

१० जेठ, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले शतप्रतिशत हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो ।

पुनः आवश्यक प्रकृया सहित निवेदन दर्ता गराएको कम्पनीले दुई महिनामै अनुमति पाएको हो । बोर्डले प्रतिकित्ता रू. १०० अंकित दरको १ बराबर १ को अनुपातमा रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासनको लागि जेठ ९ गते अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ ।

यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment