चुनावबाट पछि हट्न मलाई थर्काइयोे : डा. देवकोटा

०९ जेठ, काठमाडौं । नवनियुक्त राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफुलाई धेरै जनाले थर्काएको बताएका छन् ।

आफुले उम्मेद्वारी दिएको दिनदेखि नै उम्मेद्वारी फिर्ता लिन धेरैले फकाउने र थर्काउने काम भएको भन्दै केहीको आवाज रेकर्ड गरेर राखेको दावी गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘कसै कसैको त आवाज रेकर्ड गरेर राखेको छु । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला । तर म अडिग रहे । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो ।हामी कलंकित हुने थियौ ।’

उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला भन्दै बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नु पर्ने बताएका छन् । ‘भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला’, उनले भने, ‘ तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔं ।’

बैशाख ६ गते सम्पन्न भएको राष्ट्रय सभा उपनिर्वाचनमा देवकोटाले एमालेका उम्मेद्वार एवं गृहमन्त्री रामबहादुर थापालाई पराजित गरेका थिए ।

एमाले बौद्धिक संगठनका नेता समेत रहेका देवकोटा पार्टी विभाजित हुँदा उनी विपक्षी कांग्रेस–माओवादी गठबन्धनबाट कलम चिन्ह लिएर चुनाव लडेका थिए । उनी माधव समूह निकट मानिन्छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment