विपक्षी गठबन्धनले बोलायो उपत्यकाबाहिर रहेका आफ्ना सांसद

०८ जेठ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध कानुनी लडाइँ लड्ने निर्णय गरेको विपक्षी गठबन्धनले आफ्ना सबै सांसदलाई काठमाडौं डाकेको छ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको बैठकले आइतबार १ सय ४९ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट हाल्न जाने निर्णय गरेको छ। त्यसका लागि उपत्यकाबाहिर रहेका आफ्ना सांसलाई बोलाइएको जनमोर्चाको उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।

पौडेलका अनुसार सबै सांसदलाई आइतबार १ बजे ल्होत्से हलमा आफ्नो नागरिकतासहित उपस्थित हुन भनिएको छ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment