प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र नेपाल प्रहरी अस्पतालका वरिष्ठ प्रहरी अधिकृतहरुबिच अन्तरक्रिया

०८ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र नेपाल प्रहरी अस्पताल महाराजगंजकी मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह लगायत अस्पतालमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरुबिच शुक्रबार प्रहरी प्रधान कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कोभिड-१९ को दोस्रो लहरका कारण संक्रमितहरूको संख्या बढ्दै गइरहेको अवस्थामा कोरोना भाइरस रोकथाम र नियन्त्रण तथा नेपाल प्रहरी अस्पतालले गर्ने उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनश्रोत तथा जनशक्तिको व्यवस्थापन लगायतका बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरूको समेत उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment