निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ७ सय ४४ जनालाई होल्डमा

०४ जेठ, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ७ सय ४४ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ ।

सो क्रममा १ हजार ७ सय ६० वटा गाडी र ३ हजार ८ सय ७० वटा मोटरसाइकल गरी ५ हजार ६ सय ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।


कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय २१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ७ सय ४७ जनालाई सचेत गराईएको छ ।


निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment