मास्क नलगाउनेलाई होल्डिङ सेन्टरमा नराख्न र जरिवाना नतिराउन सर्वोच्चको आदेश

०४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले मास्क नलगाएका कारण नागरिकलाई होल्डिङ सेन्टरमा नराख्न र जरिवाना नतिराउन अन्तरिम आदेश जारी गरेको छ । हाल प्रहरीले मास्क नलगाइ हिँड्ने व्यक्तिलाई होल्डिङ सेन्टरमा राख्ने र जरिवाना तिराउने गर्दै आएको छ ।

मंगलबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले मास्क नलगाउनेलाई होल्डिङ सेन्टरमा नराख्न र जरिवाना नतिराउन अन्तरिम आदेश जारी गरेको हो ।

‘‘नेपालको संविधान तथा संक्रामक रोग ऐनको दफा ४ को व्यवस्थाबमोजिम नेपाल प्रहरीले अनधिकृत रुपमा प्रयोग गरेको देखिँदा प्रस्तुत रिटको टुंगो नलाग्दासम्म मास्क नलगाउने नागरिकलाई तत्काल होल्डिङ सेन्टर र जरिवाना नतिराउनू,” आदेशमा भनिएकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment