शंखरापुर नगरपालिकामा ३५ जनाले जिते काेराेना, जम्मा संक्रमितको संख्या २०८ पुग्यो,

०४ जेठ, काठमाडौं । शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ ३ गते सम्ममा ९६ जना महिला र ११२ जना पुरुष गरि कुल २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ७६ जना महिला र ८९ जना पुरुष गरि १६५ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।

हाल सम्म नगरपालिकामा ५ जना पुरुष र ३ जना महिला गरि ८ जनाको कोरोनको कारण मृत्यु भएको छ भने १७ जना महिला र १८ जना महिला गरि ३५ जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।हाल सम्म ७१ जना महिला र ७८ जना पुरुष गरि कुल १४९ जना होम आइसोलेसनमा रहेका छन भने ५ जना महिला र ११जना पुरुष गरि कुल १६ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

कुन वडामा कति संक्रमित?

वडा नं १ मा ६ महिला र ८ पुरुष गरि कुल १४ जना
वडा नं २ मा ९ महिला र ११ पुरुष गरि कुल २० जना
वडा नं३ मा ९ जना महिला र १५ जना पुरुष गरि कुल २४ जना
वडा नं ४ मा १२ जना महिला र ९ जना पुरुष गरि कुल २१ जना
वडा नं ५ मा ५ जना महिला र १० जना पुरुष गरि कुल १५ जना
वडा नं ६ मा २६ जना महिला र १७ जना पुरुष गरि कुल ४३ जना
वडा नं ७ मा १४ जना महिला र १२ जना पुरुष गरि कुल २६ जना
वडा नं ८ मा ३ जना महिला र ७ जना पुरुष गरि कुल १० जना

वडा नं ९ मा १० जना महिला र १७ जना पुरुष गरि कुल २७ जना त्यसै गरि अन्यमा २ जना महिला र ६ जना पुरुष गरि कुल ८ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ४३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

कोभिड – १९ दोश्रो भेरियण्टबाट शंखरापुर नगरपालिका भित्रका नगरबासिहरुको जिबन बचाउनु प्रमुख दायित्च बोध गर्दै संक्रमितहरुको शुष्मा मेमोरियल हस्पिटलमा उपचारमा लाग्ने खर्चमा हस्पिटलबाट २५% नगरपालिकाबाट २५% ब्यहोर्ने गरि स्वयम ब्यक्तिले ५०%(“करिब आधा रकम मात्र”) ब्यहोर्ने गरि सम्झौता गरेको शंखरापुरका मेयर सुवर्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्क को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment