प्रधानमन्त्री विरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदै

०४ जेष्ठ, काठमाडौं । धानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश आफैंले हेर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल बेन्चमा हुन लागेको हो ।

बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै चार वटा रिट निवेदन दर्ता गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सपथ गराउँदा प्रधानमन्त्री ओलीले सपथको अनादर गर्दै राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मानमर्दन भएको रिट निवेदनकर्ताको ठहर छ ।

रिट निवेदनमा निवेदकहरुले प्रधानमन्त्री ओलीले लिएको सपथमा उच्चारण नै नगर्नु गैरसंवैधानिक भएको र आफु अनुकुल शव्दहरु प्रयोग गर्न नमिल्ने उल्लेख छ । प्रधानमन्त्रीले दोहोर्याएर शपथ ग्रहण नगरेसम्म प्रधानमन्त्रीको हैसियतमा काम कारवारही अगाडी नबढाउने रिट निवेदनमा माग गरिएको छ । यस्तै संघीय संसदमा सांसद नरहेको व्यक्ति पटक–पटक मन्त्रि हुन नसक्ने भन्दै ओलीले नियुक्त गरिएका सात मान्त्रिको नियुक्ति बदर गर्न समेत माग गरिएको छ ।

ओलीले राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको समयमा राष्ट्रपतिबाट दुई पटक सम्म प्रतिज्ञा शब्द उच्चारण गराउँदा समेत त्यो शब्द उच्चरण नगरी त्यो पर्दैन भनेको थिए । त्यसको सामाजिक सञ्जालममा व्यापक विरोध भइरहेकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment