नेप्से ५४ अंकले बढ्दा १० अर्बमाथिको कारोबार

०२ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले बढेको छ । आज नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा थामिएकोे छ ।

त्यस्तै, आज १० अर्ब ४० करोड ३८ लाख ७९ हजार बराबरको कारोबार भएको छ भने आज नौ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, शिखर इनस्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, बिशाल बजार कम्पनी र सिन्धु विकास बैंक रहेका छन् ।

यो दिन रूरू जलविद्युत परियोजनाको शेयरमूल्य १० प्रतिशतले र अन्य सात कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको हो । रूरू जलविद्युत परियोजनाको प्रतिकित्ता रू. ८० ले बढेर यो दिन अन्तिम मूल्य रू. ८८० कायम भएको छ ।

त्यस्तै शिखर इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९ दशमलव ९५ प्रतिशत , सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ९० प्रतिशत, प्रोग्रसिभ फाइनान्सको ९ दशमलव ९० प्रतिशत, बरुण हाइड्रोको ९ दशमलव ८३ प्रतिशत , आइएमई जनरल इन्स्योरेन्सको ९ दशमलव ४१ प्रतिशत र विशाल बजार कम्पनीको ९ दशमलव ३५ प्रतिशत शेयरमूल्य बढेको छ ।

यो दिन शिखर इन्स्योरेन्सको प्रतिकित्ता रू. १९३ ले बढेर अन्तिम मूल्य रू. २ हजार १२८, समता घरेलु लघुवित्तको प्रतिकित्ता रू. ११६ ले बढेर अन्तिम मूल्य रू. १ हजार २८२, सप्तकोशी डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२२, प्रोग्रेसिभ फाइनान्सको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२२, बरुण हाइड्रोको प्रतिकित्ता रू. २९ ले बढेर अन्तिम मूल्य रू. ३२४, आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू. ११२ ले बढेर अन्तिम मूल्य रू. १ हजार २६० र विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ५५५ ले बढेर अन्तिम मूल्य रू. ६ हजार ४७९ कायम भएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment