जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

०२ जेठ, भक्तपुर । बाह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भिम बहादुरले ती बालिकालाई सोही ठाउँस्थित टहरामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment