दुगड ग्रुपले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका विरामीलाई खाद्यान्न उपलब्ध गराउने

०१ जेष्ठ, काठमाडौं । केएल दुगड ग्रुपले नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका विरामी तथा कुरुवाहरुलाई २ महिनासम्म खान पुग्ने खाद्यान्न उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई केएल दुगड ग्रुपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।

बाँके र आसपासका जिल्लाहरुबाट आएका संक्रमित र कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीहरुले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन् ।

प्रत्येकदिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम सञ्चालनमा ल्याइएको अशोक कोइरालाले बताए ।

‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल ब्यवसायी डराइरहेका अवस्थामा किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणिक अवस्था देखेपछि हामीले अभियान चलायौं’ कोइरालाले भने ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment