अफगानिस्तानको एक मस्जिदमा शक्तिशाली विस्फोट, १२ जना मारिए

३१ बैशाख, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शुक्रबार भएको बम हमलामा कम्तिमा १२ जना मारिएका छन् ।

अरु १५ जना घाइते छन् । प्रहरीका अनुसार मृतकको संख्या अझै बढ्नसक्नेछ । शुक्रबारको प्रार्थनाको क्रममा हमला भएको हो । काबुल प्रान्तको शाकर दराह जिल्लामा यस्तो विस्फोट भएको हो ।

सशस्त्र समूह तालिबानले मुस्लिम पर्व इद अल फित्रको अवसरमा ३ दिने युद्धविराम घोषणा गरेको अवधिमै यो हमला भएको हो ।

अमेरिकाले अफगानिस्तानमा बाँकी रहेका २५०० सेनालाई मे महिनाको १ देखि फिर्ता लैजान थालेपछि पछिल्ला केही सातादेखि नै हिंसात्मक हमला बढ्न थालेका छन् । गत साता मात्रै छात्राहरुको एक स्कुललाई लक्षित गर्दै भएका विस्फोटमा ५० जना भन्दा धेरै मारिएका थिए । मृत्यु हुनेमा धेरैजसो स्कुले छात्रा समेत थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment