२४ घण्टामा ८ हजार ५२० संक्रमित थपिए, २०३ संक्रमितको मृत्यु, ६ हजार १३५ ले जिते कोरोना

३१ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २०३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ।

मन्त्रालयका अनुसार ६ हजार १३५ जनाले भने २४ घण्टामा कोरोनालाई जितेका छन्। योसँगै नेपालमा निको हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ।

२४ घण्टामा ८ हजार ५२० जनामा संक्रमण पुष्टिभएसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा अहिले १ लाख ७ हजार ३३६ सक्रिय संक्रमित रहेका छन्।

काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या ४२ हजार नाघेको छ । मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र संक्रमितको संख्या ४२ हजार चार सय ४ पुगेको हो । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा ३० हजार ४५२, ललितपुरमा ७ हजार ६१ र भक्तपुरमा चार हजार ८९१ सक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म काठमाडौंमा एक लाख ५८ हजार ९९१ मा कोरोना पुष्टि भएकोमा एक लाख २७ हजार ४८४ संक्रमित निको भएका छन् भने १ हजार ५५ जनाको मृत्यु भएको छ ।

यस्तै २६ हजार ८८३ संक्रमण पुष्टि भएको ललितपुरमा १९ हजार ५३९ निको भएका छन् भने २८३ जनाको मृत्यु भएको छ । सँगै भक्तपुरमा १५ हजार ९०३ जनामा संक्रमण पुष्टि हुँदा १० हजार ८०३ ले कोरोना जितेका छन् भने २०९ जनाको कोरोनाले ज्यान लिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment