नेप्से परिसूचक १० दशमलव १३ अंक बढ्यो , ७ अर्व माथिको कारोवार

३० बैशाख, काठमाडौं । आज महिनाको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १० दशमलव १३ अंक बढेको छ । यो दिन शून्य दशमलव ३८ प्रतिशत बढेर नेप्से परिसूचक २ हजार ६८४ दशमलव शून्य १ विन्दुमा पुगेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव १२ अंक बढेर ४७९ दशमलव ५० विन्दुमा पुगेको छ ।

बिहीवार रू. ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ । २१८ कम्पनीको ८६ हजार २९६ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता शेयर कारोबार भएको छ ।

कुल कारोबारमा सर्वाधिक हिस्सा भने यो दिन नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । कम्पनीको रू. ४९ करोड ४ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको हो । शेयरमूल्य पनि यो दिन कम्पनीको प्रतिकित्ता रू. ३१ ले बढेर अन्तिम मूल्य रू. १ हजार ५८१ पुगेको छ ।

यस दिन वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । वित्त समूहको परिसूचक यो दिन सर्वाधिक ४ दशमलव ६८ प्रतिशत बढेको हो । त्यस्तै यो दिन बैंकिङ्गको शून्य दशमलव १८ प्रतिशत, विकास बैंकको २ दशमलव ५१ प्रतिशत, जलविद्युतको १ दशमलव ४१ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य ४ प्रतिशत, अन्यको शून्य दशमलव ६२ प्रतिशत, लघुवित्तको शून्य दशमलव १ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ४९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६४ प्रतिशत परिसूचक बढेको छ । दोहोरो अंकले बढेको बजारमा व्यापारिक समूहक र होटल्स तथा पर्यटन समूहको समान शून्य दशमलव ६ प्रतिशत परिसूचक घटेको छ भने उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३ प्रतिशत र लगानी समूहको शून्य दशमलव ३९ प्रतिशत घटेको छ ।

बिहीवार १३ कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । दिव्यश्वरी हाइड्रोपावर र समता घरेलु लघुवित्तको १० प्रतिशतले मूल्य बढ्दा विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत, रूरू जलविद्युतको ९ दशमलव ८९ प्रतिशत, सांग्रिला डेभलपमेण्ट बैंकको ९ दशमलव ७९ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९ दशमलव ७८ प्रतिशत, जोशी हाइड्रोको ९ दशमलव ७८ प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ७३ प्रतिशत, आँखुखोला जलविदुतको ९ दशमलव ६३ प्रतिशत, खानीखोला हाइड्रोको ९ दशमलव ६० प्रतिशत, वेष्ट फाइनान्सको ९ दशमलव ५७ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ५५ प्रतिशत र सेन्ट्रल फाइनान्सको ९ दशमलव १३ प्रतिशत मूल्य बढेको हो । यस दिन रिडी हाइड्रोको शेयरमूल्य भने सर्वाधिक २ दशमलव शून्य ९ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर अन्तिम मूल्य रू. २८१ कायम भएको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

corona virusdigital khabarLockdownmarketshare marekt
Comments (0)
Add Comment